लोककथाबाट चियाउँदा देखिने समाज

पाेखरा | पुस ११, २०७९

लोककथाबाट चियाउँदा देखिने समाज

पोखराः   ‘लोककथाबाट चियाउँदा समाजको दर्पण कस्तो देखिन्छ ?’ सहजकर्ता दीपक सापकाटाले कवि तथा संस्कृतिविद् तुलसी दिवसलाई सोधे। १ सय २२ ओटा लोककथाको संगालो ‘लोककथा’बाट प्रचलित मौखिक कथाको संग्रहण गरेका दिवसले लोककथाको महत्वबारे बोले । 


पोखरामा जारी १०औं नेपाल लिट्रेचर फेस्टिभलको  सेसन ‘लोककथाको आलोक’मा वक्ता थिए तुलसी दिवस। र सहजकर्ता थिए पत्रकार सापकोटा ।


दिवसले भने, ‘नेपाल १ सय ४० भन्दा बढी भाषा बोल्ने जातीहरूको सामूहिक स्थल हो। नेपाली बोल्नेको मात्रै होइन । सबैको सामूहिक स्थल भएका कारण इतिहासको अवधारणा आमूल परिवर्तन आउने देखिएपछि लोकसात्यि, संगीत संकलन मात्र हैन आफ्नो इतिहासलाई पूर्ण रुपमा संकलन गर्न आवश्यक छ ।’ 


उनी नेपाली लोककथालाई प्रकाशमा ल्याउनका लागि कथा संकलन गरिएको बताउँछन् । 


‘भूगोल, संस्कृति फरक हुँदा पनि लोककथा किन एकै हुन्छन्?’ सापकोटा सोध्छन्। दिवस संसारका मानिस जहाँ भए पनि समान सोच्ने बताउँछन् । न्याउरी मारी पछुतो लोककथा नेपालमा मात्र नभई आइल्याण्डमा पनि फरक पात्रको रुपमा प्रस्तुत भएको उदाहरण उनी दिन्छन्। ‘हाम्रो न्याउरी मारी पछुतो कथा आइल्याण्डमा पुगेपछि कुकुर मारी पछुतो भयो। किनकि त्यहाँ सर्प नहुँदा, न्याउरीमुसोबाट जे सन्देश दिन खोजेको थियो त्यो पूरा हुन। अनि कुुकुर पात्र राखियो,’ उनी भन्छन्, ‘हरेक लोककथा संसारभरि छन्। पात्र परिवर्तन हुन्छन्। तर कथाको सन्देश एउटै हुन्छ ।’ 

पोखरा:   प्रतिभा सुपर लिग क्रिकेटमा सेमीफाइनल समीकरण पूरा भएको छ ।   लिगको अन्तिम खेलमा शुक्रबार गुरुकुल विद्या सदनलाई पराजित गर्दै मदरल्याण्ड सेमीफाइनलमा प्रवेश गरेसँगै प्रतिभा सुपर लिग...

थप पढ्नुहोस्

चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ।   उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो।   अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...

थप पढ्नुहोस्

पोखरा:    बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ ।   पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

थप पढ्नुहोस्